Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

डा. धु्रविराज भट्टराई नेपाल पानी आपूर्ति संस्थानको अध्यक्षमा नियुक्त, तीन वर्षको कार्यकालका लागि जिम्मेवारी

डा. धु्रविराज भट्टराई नेपाल पानी आपूर्ति संस्थानको अध्यक्षमा नियुक्त, तीन वर्षको कार्यकालका लागि जिम्मेवारी

काठमाडाैं, १३ जेष्ठ । डा. धु्रविराज भट्टराईलाई नेपाल पानी आपूर्ति संस्थान (एनडब्लुएससी) को अध्यक्षमा नियुक्त गरिएको छ।

पानी आपूर्ति मन्त्रालयका सचिव इन्जिनियर प्रमिला देवी शाक्यका अनुसार मन्त्रीस्तरीय निर्णयमार्फत डा. भट्टराईलाई तीन वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ निवासी डा. भट्टराई यसअघि पनि पानी आपूर्ति तथा सरसफाइ क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

सरकारको निर्णय अनुसार उनले आगामी तीन वर्षसम्म संस्थानको नेतृत्व गर्दै नेपालभर शुद्ध खानेपानी आपूर्ति व्यवस्थालाई सुधार र विस्तार गर्ने जिम्मेवारी पाएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *