Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति पौडेललाई आगामी बजेटको रुपरेखा बुझाए

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति पौडेललाई आगामी बजेटको रुपरेखा बुझाए

काठमाडाैं, १३ जेष्ठ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मंगलबार बिहान शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार अर्थमन्त्री पौडेलले २०८२/८३ (२०२५/२६) को संघीय बजेटको मुख्य विशेषता र प्राथमिकताहरूको बारेमा राष्ट्रपतिको जानकारी गराएका छन्। बैठकमा उनले आगामी आर्थिक वर्षको बजेटको समग्र रूपरेखा प्रस्तुत गरेका थिए।

राष्ट्रपतिको निजी सचिवालयका अनुसार अर्थमन्त्रीले आगामी बजेट योजनाका प्रमुख अंशहरूबारे राष्ट्रप्रमुखलाई अवगत गराएका हुन्। संविधानअनुसार संघीय सरकारले प्रत्येक वर्ष जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्ने प्रावधान छ। सोहीअनुसार आउँदो बिहीबार (मे २९) का दिन संघीय संसद्मा राष्ट्रिय बजेट प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ।

सरकारले ल्याउन लागेको बजेटले आर्थिक वृद्धि, रोजगार सृजना, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्राथमिकता दिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ। राष्ट्रपति पौडेलले अर्थमन्त्रीबाट प्राप्त बजेटको प्रस्तुतिलाई ध्यानपूर्वक सुनेको र आगामी संसद् सत्रमा बजेट प्रस्तुतिमा सफलता रहोस् भन्ने शुभकामना दिएको सचिवालयले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *