Date

शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

चीनको महत्वपूर्ण सैन्य-औद्योगिक संरचनाको कडा सुरक्षा : राष्ट्रपति सी चिनफिङद्वारा नयाँ नियम लागू

चीनको महत्वपूर्ण सैन्य-औद्योगिक संरचनाको कडा सुरक्षा : राष्ट्रपति सी चिनफिङद्वारा नयाँ नियम लागू

काठमाडाैं, १३ जेष्ठ । चीनका केन्द्रीय सैन्य आयोग (सीएमसी) का अध्यक्ष सी चिनफिङले देशका महत्वपूर्ण सैन्य-औद्योगिक संरचनाको सुरक्षा सुनिश्चित गर्न नयाँ नियम लागू गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। चीनको राज्य परिषद् र सीएमसीले संयुक्त रूपमा यो दस्तावेज सार्वजनिक गरेका हुन्, जसमा प्रधानमन्त्री ली छ्याङले पनि राज्य परिषद् निर्देशमा हस्ताक्षर गरेका छन्।

नयाँ नियमको उद्देश्य चीनका रक्षा उत्पादन सम्बन्धी महत्त्वपूर्ण संरचनाको सुरक्षा, प्रभावकारी प्रयोग र नियमित सञ्चालन सुनिश्चित गर्नु हो, जसले समग्रमा राष्ट्रिय सुरक्षालाई आधुनिकीकरण गर्ने रणनीतिलाई अगाडि बढाउनेछ।

नियमहरू मुख्यतः हतियार तथा उपकरणको अनुसन्धान, उत्पादन, परीक्षण र भण्डारणका लागि प्रयोग हुने भवन, स्थल र अन्य संरचनाहरूमा लागू हुनेछन्। साथै, अभिलेख केन्द्र, डेटा केन्द्र, सञ्चार स्टेशन, अवलोकन केन्द्र, विशेष बन्दरगाह, गोदी, विमानस्थल र विशेष रेलवे लाइनहरू पनि यसमा समावेश छन्।

दस्तावेज अनुसार, यस्ता संरचनाहरू वरिपरि सुरक्षात्मक क्षेत्रहरू स्थापना गरिनेछ, जहाँ सम्बन्धित व्यवस्थापन निकायको अनुमति बिना व्यक्तिहरू, सवारीसाधन वा जहाजहरू प्रवेश गर्न पाइने छैन। साथै, त्यहाँ फोटो खिच्ने, भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, चित्र बनाउने वा कुनै प्रकारको दस्तावेजीकरण गर्न समेत प्रतिबन्ध लगाइएको छ।

नियम उल्लंघन गर्नेहरूलाई आपराधिक कारबाहीसमेत गरिने चेतावनी दिइएको छ। दस्तावेजले सामाजिक-आर्थिक विकास योजना तयार गर्दा यस्ता संरचनाको सुरक्षाको आवश्यकतालाई ध्यानमा राख्नुपर्ने उल्लेख गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *