Date

शनि, असार ७, २०८२
Sat, June 21, 2025

पियोर इनर्जीको पहिलो कारोबार सुरु, कतिमा हुँदैछ कारोबार ?

पियोर इनर्जीको पहिलो कारोबार सुरु, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ जेष्ठ । पियोर इनर्जी लिमिटेडको सेयर नेप्सेमा मंगलबारदेखि कारोबारमा आएको छ।

स्पेशल प्रि-ओपनिङ सेसनमा पहिलो कारोबार प्रतिकित्ता २८९.३० रुपैयाँमा सुरु भएको छ र सोही मूल्यलाई आधार बनाएर यसको नियमित कारोबार हुनेछ। नेप्सेले पियोर इनर्जीको पहिलो कारोबारका लागि न्यूनतम ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँसम्मको ओपनिङ रेंज तोकेको थियो। पियोर इनर्जीको सेयर कारोबार उक्त रेंजको अधिकतम विन्दुबाट सुरु भएको हो।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम ८० लाख कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ। दोस्रो बजारमा यसको ट्रेडिङ ‘पीयुआरई’ संकेतबाट हुनेछ। पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता आइपीओ बिक्री गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *