आज सुनको भाउ घट्यो, चाँदीको भाउ बढ्यो

काठमाडाैं, २६ जेष्ठ । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु १,९०,६०० कायम गरिएको छ। आइतबार सोही सुन प्रतितोला रु १,९०,७०० मा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य आज रु १०० ले घटेको हो।
सुनको मूल्य आइतबार मात्रै प्रतितोला रु ३,००० ले घटेको थियो। त्यसको तुलनामा सोमबारको गिरावट न्यून भए पनि लगतार दुई दिन सुनको भाउमा गिरावट आएको देखिन्छ।
दोस्रोतर्फ, आज चाँदीको भाउ भने बढेको छ। महासंघका अनुसार आइतबार प्रतितोला रु २,१४५ मा कारोबार भएको चाँदी सोमबार रु २,१५० मा किनबेच भइरहेको छ। यस अनुसार चाँदीको भाउ प्रतितोला रु ५ ले बढेको हो।