Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

भक्तपुरमा पहिलोपटक “दोस्रो प्रदेश स्तरीय छक् हक्की च्याम्पियनसिप–२०२५” हुँदै, ६ प्रदेशको सहभागिता

भक्तपुरमा पहिलोपटक “दोस्रो प्रदेश स्तरीय छक् हक्की च्याम्पियनसिप–२०२५” हुँदै, ६ प्रदेशको सहभागिता

काठमाडाैं, २६ जेष्ठ । बागमती प्रदेश हक्की संघको आयोजनामा यही मिति २०८२ साल जेठ २५ र २६ गते भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं.२ स्थित दिब्यश्वरी प्लानिङ्गमा रहेको रोयल नेपाल फुटशलमा गत वर्ष जस्तै“दोस्रो प्रदेश स्तरीय छक् हक्की च्याम्पियनसिप –२०२५” प्रतियोगिता हुदैछ ।

उक्त प्रतियोगितामा बागमती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश, मदेश प्रदेश र कर्णली प्रदेशले सहभागीता जनाउदै छ । नेपालमा हक्की खेलको बिकाश, प्रवर्दन गर्न र बिध्यमान प्रदेशस्तरीय हक्की खेलाडीहरुको क्षमत्ता तथा सम्भाब्यता पहिचान गरि नेपाललाई हक्की खेलामा अन्तराष्ट्रिय स्तरमा परयाउने उदेश्यले यो आयोजना गर्न लागिएको बागमती प्रदेश हक्की संघका कार्यवाहक अध्यक्ष राम राजा बस्नेतज्युले जानकारी गराएका छन् ।

भक्तपुर जिल्लामा नै पहिलो चोटी हक्कीको प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको पनि उनले बताएका छन् । सो प्रतियोगितामा प्रथम र द्वितीय हुने सफल टिमलाई ट्रफी, नगद तथा प्रमाण पत्र दिइने उहाँले जानकारी गराएका छन् ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *