Date

शनि, साउन १७, २०८२
Sat, August 2, 2025

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

काठमाडौं, १६ साउन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।

जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।

संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्‍याइएको छ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।

नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने बेहोरा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *