यो साता सेयर बजार ४७ अंकले बढ्यो
काठमाडौं, ३१ साउन । साउनको अन्तिम साता सेयर बजारका लागि तुलनात्मक रुपमा सकारात्मक रह्यो । पछिल्लो समय निरन्तर घटिरहेका बजार यो साता ४७ अंकले बढेर १२१०.३२ बिन्दुमा पुगेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार १७ अंकको गिरावट सहित दुई वर्षयताकै न्यून ११६३ बिन्दुमा झरेको बजार सोमबार देखि भने बढ्न थालेको थियो । निरन्तर बजार घट्दा निराश भएका लगानीकर्ताहरु पनि केही समयको अन्तरात पछि भने उत्साहि देखिएका छन् ।
बुद्यबार बजार २८ अंकले बढेको थियो । तर बिहिबार भने बजार ०.६१ अंकले मात्र बढेको छ । कारोबारमा आएका मध्ये बैंकिङ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेपनि बाँकी सबै समूहको परिसूचक घटेको छ।
सो दिन एक सय ६६ कम्पनीको ४५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । जुन कारोबार रकम अघिल्लो दिनको तुलनामा ९ करोड रुपैयाँले बढी हो ।