हस्तकला सामाग्रीको बजार प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौं, ३१ साउन । आँउदो भाद्र १४ देखि १६ गते सम्म विश्वकला परिषद एसीया प्रशान्त क्षेत्रको ३७ औँ साधारण सभा र अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । हस्तकला सामाग्रीको बजार प्रवद्र्धन, कलाकार तथा कालीगढहरुको क्षमता अभिवृद्धि, पर्यटन प्रर्वद्धन र शिल्प प्रविधी तथा आपसी अनुभव आदान प्रदान गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघले नेपाल सरकारको सहयोगमा यो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
एसिया प्रशान्त क्षेत्रका विभिन्न ४५ देशका झन्डै १ सय जना बढि प्रतिनिधीहरु को सहभागी रहने महासंघले जानकारी दिएको छ । साथै सम्मेलनमा भारत, चीन कुवेत, बंलादेश, अष्टेलिया लगायत करिब ६० जनाले नाम दर्ता गरि १२ स्टल बुक गरिसकेको महासंघले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
महासंघका अध्यक्ष धर्मराज शाक्यल सम्मेलनले एशिया क्षेत्रका कला शिल्पको संरक्षण र प्रर्वद्धन गरि कलाकारहरुको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास लिएको बताए । साथै कला र शिल्पको गुणस्तर अभिवृद्धि गरी परिषदका सदस्य देशहरु विच सम्बन्ध कायम गरी आपसी सद्भाव बढाउने पनि बताए ।
त्यस्तै महासंघले नेपाल सरकार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा कार्तिक १९ देखी २ गते सम्म १६ औँ हस्तकला व्यापार मेला पनि आयोजना गर्ने भएको छ । उक्त मेलाले हस्तकला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुको आन्तरिक बजार बिकास तथा निर्यात प्रर्वद्धनमा सहयोग पु्याउने विश्वास लिएको छ ।
महासंघका निर्वतमान अधक्ष्य हेमरत्न शाक्यले मेलाले हस्तकला क्षेत्रमा संलग्न कलाकारहरुको प्रतिभा पहिचान मुल्याङकन गरी नयाँ पुस्तालाइ समेत यस क्षेत्रप्रति आर्कर्षित गरी प्रविधी हस्तान्तरण गर्न सहयोग पु्याउने बताए । मेलामा परम्परागत विधा तर्फबाट मैनको मुर्ति बनाउने र कलाकार एवं समसामयीक विधा तर्फबाट ढाका बुनाइमा संलग्न कलाकार कालीगढलाई संलग्न गराइ प्रत्यक्ष रुपमा १४ औँ हस्तकला प्रतियोगीता पनि संचालन गरिने जानकारी दिइएको छ । त्यसमा प्रथम पुरस्कार ५० हजार, द्धितीय पुरस्कार ३० हजार र तृतिय पुरस्कार २० हजार रुपैयाँ रहेको छ । मेलामा झण्डै २५ जिल्लाका स्थानिय हस्तकलाको प्रदर्शन तथा हस्तकलाका बस्तुगत प्याभिलियनहरु सहित करिब २ सय स्टल रहने जानकारी दिइयो । ५ दिने सम्म चल्ने मेलामा झण्डै १ लाख आगन्तुक आउने अनुमान गरिएको छ ।