नेपाल विद्युत प्राधिकरणको नाफा १ अर्व नाघ्यो
काठमाण्डौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष २०७४÷७५ मा १ अर्ब एक करोड रुपैयाँ भन्दा बढि खुद मुनाफा आर्जन गरेको छ । सो मुनाफा आर्जन गर्न नियमित विद्युत आपुर्ति र चुहावट नियन्त्रण अभियानको मुख्य भुमिका रहेको प्राधिकरणले ३३ औं बर्ष पुरा गरेको अवसरमा प्रकाशित गरेको वित्तिय विवरणमा उल्लेख छ ।
विद्युत विक्री तथा अन्य स्रोतबाट अघिल्लो आर्थिक २०७३÷७४मा ५१ अर्ब ७० करोड रुपैया कुल आय आर्जन भएकोमा गत वर्ष उक्त रकममा वृद्धि भइ ६० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको तुलनामा प्राधिकरणको समग्र आयमा करिब १६.९८ ले वृद्धि भएको हो ।
प्राधिकरणको विद्युत खरीद समेतको कुल संचालन खर्च आर्थिक बर्ष अघिल्लो वर्ष ४५ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा गत वर्ष करिव १७ प्रतिशतले वृद्धि भइ ५२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै अघिल्लो आर्थिक बर्षमा कुल ग्राहक संख्या ३२ लाख ६० हजार रहेकोमा गत बर्षमा सामुदायिक तथा थोक ग्राहक समेत गरी कुल ३५ लाख ५० हजार पु्याएको छ ।
प्राधिकरण प्रणालीमा आर्थिक बर्ष २०७३÷७४ मा प्राप्त ६ हजार २ सय ५७.७३ गिरावट आवर उर्जाको तुलनामा आार्थिक बर्ष २०७४÷७५ मा १२.७९ प्रतिशतले वृद्धि भइ ७ हजार ९७.९३ गिरावट आवर उर्जा प्राप्त भएको छ । त्यस्तै गत वर्ष राष्ट्रिय ग्रिड प्रणालीमा प्राप्त कुल उर्जा मध्ये प्राधिकरणको उत्पादन ३२.७१ प्रतिशत, भारतबाट ३६.५८प्रतिशत र निजी क्षेत्रबाट ३०.७१ प्रतिशत रहेको छ । मुलुकभर संचालन गरिएको विद्युत चुहावट नियन्त्रण अभियानका कारण अघिल्लो बर्षको चुहावट २२.९० प्रतिशतबाट गत वर्ष २०.४५ प्रतिशत कायम गर्न सम्भव भएको प्राधिकरणले जनाएको छ ।