Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ज्योती बिकास बैंकले ल्यायो श्रमजिवी बचत योजना

ज्योती बिकास बैंकले ल्यायो श्रमजिवी बचत योजना

काठमाडौं, १ भद्रौ । ज्योति बिकास बैंकले बार्षिक ८ प्रतिशत ब्याजदरमा ज्योति श्रमजिवी बचत खाता संचालनमा ल्याएको छ । श्रमजिवी श्रमिकहरुको कदर गदै उच्च प्रतिफल तथा आधुनिक बैंकिङ्ग सुविधाहरु दिने प्रतिबद्धताका साथ बैंकले उक्त योजना ल्याएको जनाइएको छ ।

वार्षिक ८% ब्याजदर दिने यस बचत खातामा निःशुल्क बिमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट, निः शुल्क अन्य बैंकिङ्ग सुविधाका साथै स्थायी कर्मचारीहरुका लागि ज्योति व्यवसायिक ऋणको पनि ब्यवस्था गरिएको छ ।

ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुलाई हाल सम्म ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हाल सम्म बैंकले करिब २ लाख भन्दा बढि खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको कुल चुक्तापूँजी.२ अर्व ५९ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x