Date

मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

४ दिनपछि ग्वार्को फ्लाइओभर सवारी साधनका लागि सञ्चालनमा, असार ६ गते प्रधानमन्त्रीबाट उद्घाटन हुने

४ दिनपछि ग्वार्को फ्लाइओभर सवारी साधनका लागि सञ्चालनमा, असार ६ गते प्रधानमन्त्रीबाट उद्घाटन हुने

काठमाडाैं, २ असार । ललितपुरस्थित ग्वार्को फ्लाइओभर आगामी चार दिनपछि सवारी साधनका लागि सञ्चालनमा आउने भएको छ। असार ६ गते (जुन २०) का दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा औपचारिक रूपमा फ्लाइओभरको उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बराहीका अनुसार फ्लाइओभरको मुख्य संरचनाको निर्माण कार्य सम्पन्न भइसकेको छ, र अब सवारी सञ्चालनको तयारी भइरहेको छ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक विभागका नेतृत्वसहित स्थल निरीक्षण गर्दै सवारी सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका थिए।

मुख्य संरचना निर्माणपछि लेन सेपरेटरको राखाइ, सडक लाइनिङ, सिग्नल प्रणालीलगायतका कार्यहरू पनि पूरा भइसकेका छन्। ती सबै कार्यहरू सम्पन्न भएसँगै अब सवारी सञ्चालनको लागि कुनै बाधा नरहेको सडक विभागले जनाएको छ।

ग्वार्को क्षेत्रका बासिन्दा तथा दैनिक आवतजावत गर्ने यात्रुहरूका लागि यो फ्लाइओभरले यातायातमा सहजता र समय बचत हुने अपेक्षा गरिएको छ। काठमाडौं उपत्यकाभित्रको एक व्यस्त र भीडभाडयुक्त चोक ग्वार्कोमा फ्लाइओभर सञ्चालनमा आएपछि ट्राफिक जाम न्यूनीकरणमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *