सिटिजन्स बैंकको मेरो सिटिजन्स बचत खाता सुरु, बैंकको ब्राण्ड एम्बेष्डरमा ज्ञानेन्द्र मल्ल नियूक्त
काठमाडौं, १ भद्रौ । सिटिजन्स बैंकले नयाँ बचत योजना मेरो सिटिजन्स बचत खाता शुरु गरेको छ । सातै प्रदेशका बैंक शाखामा खाता खोल्न सकिने गरि बैंकले मेरो सिटिजन्स बचत खाता सन्चालनमा ल्याएको हो । शुक्रबार पत्रकार सम्मेलन मार्फत दैनिक मौज्दात ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रुपमा भुक्तानी गर्न मिल्ने गरि बचत योजना ल्याएको बैकले जनाएको हो ।
बैंकमा न्यूनतम मौज्दात १ सय रुपैँयामै खाता खोल्न मिल्ने, निशुल्क सिटिजन्स स्मार्ट बैकिङ सुबिधा, अनलाइन कारोबार गर्न सुरक्षित ३ डिसेक्युयर प्रबिधिमा निशुल्क दर्ता, निशुल्क डेबिट कार्ड , लकरको बार्षिक शुल्कमा ५० प्रतिशत छुटको सुविधा दिईएको छ ।
त्यस्तै बैंकले राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्लाई बैंकको ब्राण्ड एम्वेष्डरमा नियूक्त गरेको छ । बैंकले मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको छ ।