सुन र चाँदीको मूल्यमा उच्च वृद्धि: छापावाला सुन १ लाख ९५ हजार ९ सय रुपैयाँ पुग्यो
काठमाडाैं, ४ असार । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाला सुन १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।
महासंघले दिएको जानकारीअनुसार चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ। मंगलबार २ हजार १६० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज भने २ हजार २२५ रुपैयाँ कायम भएको छ।



