Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंक तथा वित्तिय संस्थामा रहेको स्प्रेड अन्य क्षेत्रमा पनि लागु गर्नुपर्छ

बैंक तथा वित्तिय संस्थामा रहेको स्प्रेड अन्य क्षेत्रमा पनि लागु गर्नुपर्छ

अनिलकेशरी शाह
काठमाडौं, ४ भद्रौ । नविल बैंक गत आर्थिक बर्षमा ४ अर्ब भन्दा बढी नाफा कमाएर नीजि स्वामित्वका वाणिज्य बैंकहरुमा खुदमुनाफा बढी आर्जन गर्ने बंैकहरुको अग्रस्थान ओगटेको छ । बैंकले चालू आर्थिक बर्ष पनि नाफा बढी कमाउने मात्र नभएर सेवा सुविधा र शाखा विस्तारमा पनि अग्रस्थान ओगट्ने हाम्रो दाबी छ । गत बर्षमा २२ वटा नयाँ शाखा विस्तार गर्नुका साथै बैंकको ऋण लगानी २३ प्रतिशत र निक्षेप संकलनमा १५ प्रतिशतले वृद्धि भएको छ । बिशेष गरि शाखा बिस्तारमा ग्रमिण भेगलाई नै प्राथमिकता दिदै सुदुर पश्चिमको कर्णाली देखि मुलुकका सबै स्थानमा बैंकिङ्ग पहुँच विस्तार गर्ने लक्ष्य सहित शाखा विस्तार गरिरहेका छौं ।

निक्षेप संकलन र लगानीको तालमेल राम्रोसँग मिलाउन सकेमा मात्र कुनै पनि बैंकले लक्ष्य अुसारको मुनाफा आर्जन गर्न सक्छ । पछिल्लो समयमा देशका विभिन्न स्थानका वाणिज्य बैंकका शाखामा ग्राहक संख्या अत्याधिक रुपमा बढीरहेको छ । साथै निक्षेप संकलन र ऋणको माग पनि सोही अनुपातमा बढी रहेको छ । वित्तिय क्षेत्रको सेवा फराकिलो हुदै गएर व्यापार बढेको भए पनि अघिल्ला बर्षहरुको तुलनामा बैकिङ्ग सेवाको दायरा अनुसार गत बर्ष नाफामा वृद्धि हुन नसेको देखिन्छ । वित्तिय क्षेत्र मात्र नभएर जुन सुकै सेवा क्षेत्र जति फराकिलो हुदै जान्छ व्यापार पनि त्यति नै बढ्दै जान्छ ।

तर यो भनेर हामी गत आर्थिक बर्ष जस्तो आक्रमक रुपमा शाखा विस्तार गर्दैनौं । ५÷६ वटा मात्र नयाँ शाखा विस्तार गरि पुरानै शाखाको सेवालाई प्रोत्साहन गर्ने लक्ष्य राखेका छौं । ठुला उद्योग कलकारखानालाई भन्दा मुलुकभरका विभिन्न स्थानहरुमा रहेका साना तथा मझौला उद्योग, घरेलु उद्योग तथा व्यापार व्यावसायलाई प्राथमिताका सहित आवद्ध गराउने छौं । यसका साथै बैंकको सम्पुर्ण सेवा सुविधाहरुलाई विद्युतिय बैंकिङ्ग प्रविधिबाट प्रदान गर्ने र चालु आर्थिक बर्षमा बैंक जनताको घरदैलोमा नै पुगेर उनीहरुको आवश्यकता अनुसारको सेवा प्रदान गर्न हामी तयार छौं ।

अर्को कुरा म फ्री मार्केटमा विश्वास गर्ने मान्छे हु । त्यसमा पनि राष्ट्र बैंकको कुरा हेर्ने हो भने राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा पहिला ५ प्रतिशत स्प्रेड गरेको थियो । तर, अहिले साढे चार प्रतिशतमा झरेको छ। यसले नविल बैंक जस्तो बैंकको बटम लाइनमा सिधै असर पर्छ । यही विषयलाई लिएर मैले धेरैको राय पनि बुझे कतिपयले होइन साढे चारबाट चारमा झार्नुपर्छ भनेको पनि सुने ।

तर, मैले संविधान हेरे संविधानले भनेको छ नेपाल सोसियलिष्ट कन्ट्री हो । त्यसमा पनि जनताको बुहमतबाट स्थानीय कम्युनिष्ट सरकार बनेको छ। म त अव के भन्न चाहन्छु भने साढे चारबाट चार गर्ने होइन की साच्चिकै देशमा सबैको विकास गर्ने हो भने सबै क्षेत्रमा स्प्रेडको आधारणलाई कार्यान्वयन गर्ने हो की ? कोही व्यवसायीले छिमेकी राष्ट्रमा बनेको मोटरसाइकल ट्रकमा राखेर नेपाल ल्याउछ । त्यसबाट २०, ३० प्रतिशत स्प्रेड खानलाई कतिको जायज छ । कसैले कुनै सामान विदेशबाट ल्याए वापत नै जनताले बढी तिर्नुपर्ने । बैंकको नाफा बढी भयो भन्दा साढे चार, पाँच प्रतिशतमा यति नाफामा बनाइरहेका छांैं । अन्य क्षेत्रमा पनि यती नै स्प्रेड कार्यान्वयन गर्ने कि अव सरकारले सोच्नुपर्छ । संचालन, ट्रान्सपोर्ट लागत जोड्नुस् त्यसपछि नाफा चाही ५ प्रतिशत त्यो भन्दा बढी खान नपाउने । यो भयो भने सबैमा समानुपाति वितरण हुन्छ ।

(नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहसँग गरिएको कुरानकानीमा आधारित सामाग्री)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x