Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

फ्याक्टस र सेजन बीच स्व. सञ्‍जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप सम्झौता

फ्याक्टस र सेजन बीच स्व. सञ्‍जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप सम्झौता

काठमाडौं नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्‍जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवर्द्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौंता गरिएको हो ।

सेजनका पूर्व उपाध्यक्ष समेत रहनु भएका स्वर्गीय सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको फेलोसिप सम्झौतामा सोमबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रवन्धक मनिष झा ले हस्ताक्षर गर्नु  भयो ।

फेलोसिपका लागि सुरुवातामा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने छ भने प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । कम्पनीका महाप्रवन्धक मनिष झा ले पत्रकार न्यौपानेले अनुसन्धानमा देखाउने चासोलाइ कदर गर्दै फेलोसिप दिन थालिएको बताउनु भयो । ‘ तथ्यमा आधारित पत्रकारीतालाई प्रवर्द्धन गर्न लागि हरेक वर्ष सेजन सदस्यमध्ये एक जनलाई फेलोसीप दिइने छ’ झाले भन्नु भयो ।

 यो फेलोसिप हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिनेछ । फेलोसिपका लागि सेजनका पूर्व अध्यक्षकम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x