राष्ट्र बैंकले रेमिट्यान्स नआइ भुक्तानी दिन बन्देज गर्दा हुन्डीले पश्रय पाउने
काठमाडौं, ५ भदौ । नेपाल राष्ट्र बैंकले बाहिरबाट रेमिट्यान्स देशमा नभित्रिइ भुक्तानी दिन बन्देज गरेपछि यसले रेमिट्यान्स औपचारिक भन्दा अनौपचारिकबाटोबाट भित्रने जोखिम बढेको छ । यसअघि बैंक तथा रेमिट्यान्स कम्पनीहरुले श्रम गन्तव्यहरुबाट कामदारले रेमिट गर्ने बित्तिकै देशभित्र रेमिट्यान्स भुक्तानी गदैए आएका थिए । तर हालै मलेसियास्थित साझेदार रेमिट कम्पनी म्याक्स मनिले हिमालयन बैंकलाई वितमा गरेको भुक्तानी आदेश बराबरको रकम शोधभर्ना नपठाएपछि राट्र बैंकले यस्तो निर्देशन जारी गरेको बुझिएको छ ।
बैंक र रेमिट्यान्स कम्पनीहरुले नेपालीहरुको श्रम गन्तव्यमा रहेका तिनका साझेदार रेमिट कम्पनीले पठाएको भुक्तानी आदेशका आधारमा आफ्ना शाखा र एजेन्टमार्फत् देशभर तत्काल रेमिट्यान्स भुक्तानी गर्ने र पछि उनीहरुबाट शोधभर्ना लिने गर्थे । तर, म्याक्स मनिको बद्मासीका कारण राष्ट्र बैंक यस्तो निर्देशन जारी गर्नुपर्ने अवस्थामा पुगेको हो ।
तत्काल रेमिट्यान्स भुक्तानी हुने यो सुविधा कटौती भएसँगै यसले औपचारिक माध्यमबाट प्राप्त हुने रेमिट्यान्स कम हुन सक्ने विश्लेषकहरुले बताएका छन् । अब विदेशमा काम गर्ने तत्काल आफ्ना परिवार वा आश्रितलाई रेमिट्यान्स पठाउँदा हुन्डीजस्ता विकल्प रोज्न सक्ने उनीहरुको भनाई छ । औपचारिक माध्यमबाट बिना जोखिम रेमिट्यान्स पठाउन सकिने भएपछि विदेशबाट पैसा पठाउनेले हुन्डी हवालाको प्रयोग कम गर्दै आएका थिए ।