Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

सुनचाँदी व्यवसायीको आन्दोलन असार २७ गतेसम्म जारी रहने, कर खारेजको माग

सुनचाँदी व्यवसायीको आन्दोलन असार २७ गतेसम्म जारी रहने, कर खारेजको माग

काठमाडाैं, २२ असार । नेपाल सरकारले नयाँ आर्थिक वर्ष २०८२–८३ देखि सुनचाँदीमा लगाएको कर खारेजको माग गर्दै व्यवसायीहरूले असार २७ गतेसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका हुन्। उनीहरूले काठमाडौं उपत्यकामा पसल बन्द गर्दै विरोध प्रदर्शनलाई तीव्र बनाउने बताएका छन्।

सार्वजनिक गरिएको कार्यक्रमअनुसार, असार २२ गते (आइतबार) वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र न्युरोडमा प्लेकार्डसहित विरोध प्रदर्शन गरिनेछ। त्यसपछि, असार २३ गते (सोमबार) विज्ञहरूसँग छलफल गरिनेछ भने असार २४ गते (मंगलबार) बाँकी रहेका कार्यक्रमहरू सम्पन्न गर्ने योजना छ।

आन्दोलनको क्रममा असार २५ गते (बुधबार) गोष्ठी आयोजना गरिनेछ र असार २६ गते (बिहीबार) खबरदारी सभा हुने जनाएका छन्। साताको अन्त्यमा अर्थात् असार २७ गते (शुक्रबार) भने राष्ट्रियस्तरको खबरदारी सभासमेत आयोजना गरिनेछ। व्यवसायीहरूले नयाँ कर नीतिले व्यवसायमा नकारात्मक असर पर्ने भन्दै यसको खारेजीको माग गर्दै आएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *