Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

लगानी र दिगो विकासका लागि मौद्रिक तथा वित्तीय नीतिमा समन्वय आवश्यक: राष्ट्र बैंकका गभर्नर पौडेल

लगानी र दिगो विकासका लागि मौद्रिक तथा वित्तीय नीतिमा समन्वय आवश्यक: राष्ट्र बैंकका गभर्नर पौडेल

काठमाडाैं, २२ असार । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वर्तमान लगानीका अवसरहरूलाई सदुपयोग गर्न र दिगो विकासलाई टेवा पुर्याउन मौद्रिक तथा वित्तीय नीतिहरूबीच समन्वयात्मक कार्यको आवश्यकतामा जोड दिएका छन्।

सोसाइटी अफ इकोनोमिक जर्नलिस्ट्स नेपाल (सेजन) ले आयोजना गरेको एक छलफल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र राष्ट्र बैंकमा ५२० अर्ब रुपैयाँ थुप्रिएको बताए। उनले विदेशी मुद्रा सञ्चिति पनि बलियो अवस्थामा रहेको उल्लेख गर्दै यस्तो वातावरणले लगानीमा आधारित वृद्धिका लागि अनुकूल परिस्थिति सिर्जना गरेको धारणा राखे।

पौडेलले बैंक र मौद्रिक सञ्चालनलाई निर्देशित गर्ने नीतिहरू एकअर्कासँग मिल्नुपर्नेमा जोड दिँदै मौद्रिक र वित्तीय रणनीतिहरू एकसाथ अगाडि बढ्नुपर्ने बताए। उनले बैंक तथा वित्तीय संस्थाहरूको नियमनमा सूक्ष्म आर्थिक दृष्टिकोण अपनाउनुपर्ने आह्वान गर्दै ऊर्जाबाहेकका नयाँ लगानीका क्षेत्रहरू पहिचान गर्नुपर्नेमा जोड दिए।

गभर्नर पौडेलले ग्रामीण क्षेत्रमा अपेक्षाअनुसार कर्जा पुग्न नसकेको स्वीकार गर्दै आगामी मौद्रिक नीतिले यो खाडललाई सम्बोधन गर्ने विश्वास दिलाए। उनले उक्त नीतिले समावेशितालाई प्राथमिकता दिने र सबै क्षेत्रमा सन्तुलित विकासलाई प्रवर्द्धन गर्ने बताए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *