अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य घट्यो

काठमाडाैं, २५ असार । अन्तर्राष्ट्रिय बजारमा आज बहुमूल्य धातु सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
बजार विश्लेषकहरूका अनुसार, सुनको मूल्य ०.४२ प्रतिशतले घटेको छ, जुन १३.९२ अमेरिकी डलरको कमी हो। यो गिरावटपछि सुन हाल प्रतिऔंस ३,२९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आजको कारोबारमा चाँदी प्रतिऔंस ०.०२ अमेरिकी डलरले घटेर ३६.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।