Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

राष्ट्रिय सभाको बैठक आज: ज्येष्ठ नागरिकको जीवनस्तर र महत्वपूर्ण विधेयकमाथि छलफल हुने

राष्ट्रिय सभाको बैठक आज: ज्येष्ठ नागरिकको जीवनस्तर र महत्वपूर्ण विधेयकमाथि छलफल हुने

काठमाडाैं, २६ असार । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १२:१५ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। आजको बैठकमा ज्येष्ठ नागरिकको जीवनस्तर सुधार र दुई महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ।

आजको बैठकमा सांसदहरू सुमित्रा बि.सी. (प्रस्तावक), उर्मिला अर्याल, कमला पन्त र अन्य सांसदहरूद्वारा दर्ता गरिएको सार्वजनिक महत्वको जरुरी प्रस्तावमाथि छलफल हुनेछ। उक्त प्रस्तावले ज्येष्ठ नागरिकहरूको सुरक्षित, सम्मानित र गुणस्तरीय जीवन सुनिश्चित गर्न विशेष व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको छ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, गृहमन्त्री रमेश लेखकले पनि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजका यी छलफलहरूले ज्येष्ठ नागरिकका हकहित र देशका लागि महत्वपूर्ण मानिने जलस्रोत तथा नागरिकतासम्बन्धी विधेयकहरूलाई संसदीय प्रक्रियामार्फत अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *