स्वास्थ्य मन्त्री पौडेलको उद्घाटन: त्रिवि शिक्षण अस्पतालमा १५ शैय्या र आधुनिक एमआरआई सेवा सुरु

काठमाडाैं, २९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्ड र आधुनिक थ्री टेस्ला एमआरआई सेवा उद्घाटन गरेका छन्। यस पहलको लागि स्वास्थ्य मन्त्रालयले २० करोड रुपैयाँको सहयोग प्रदान गरेको छ।
उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले सरकारी अस्पतालहरूको विश्वसनीयता र सेवामा सुधारको आवश्यकतालाई ध्यानमा राख्दै, त्रिवि शिक्षण अस्पतालको विस्तार र आधुनिकीकरणमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाए। उनले भने, “अब नागरिकलाई सुपथ र शुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुनेछ। हामी यस अस्पतालको क्षमता वृद्धि र सेवा विस्तारमा निरन्तर साथ दिनेछौं।”
यस नयाँ सेवाले अस्पतालको इमर्जेन्सी वार्डमा शैय्या अभावको समस्यालाई समाधान गर्ने विश्वास गरिएको छ। पहिले एकै बेडमा दुई बिरामी राख्नुपर्ने अवस्था अब समाप्त हुनेछ, र १५ थप शैय्याले उक्त समस्या समाधान गर्नेछ। अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले भने, “अहिले बिरामीको संख्यामा वृद्धि भइरहेको छ, र यस सेवाले अब बिरामीहरूको उपचारमा सहजता ल्याउनेछ।”
त्यस्तै, अस्पतालमा हालै स्थापना गरिएको थ्री टेस्ला एमआरआई मेसिनले अब बिरामीलाई महँगो खर्च बोक्न नपर्ने कुरा जनाइएको छ। पहिले बिरामीहरूलाई एमआरआईको लागि बाहिर जानुपर्ने बाध्यता थियो, तर अब यस आधुनिक सेवा प्रणालीको शुरुले अस्पतालमै सुविधा उपलब्ध हुनेछ।
अब, कम गम्भीर बिरामीहरूको उपचारका लागि एल्लो एरिया नामक स्थानमा २० शैय्या राखिनेछ, जसले उपचारको प्रक्रियालाई थप सहज बनाउनेछ।