यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं साधारण सभा सम्पन्न — डिजिटल बीमा सेवा विस्तारको घोषणा

काठमाडाैं, ३१ असार । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारण सभा आज अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सफलता पूर्वक सम्पन्न भएको छ। सभामा कम्पनीको आर्थिक तथा व्यवस्थापकीय गतिविधिहरूको समिक्षा गर्दै आगामी दिनमा सूचना प्रविधिमा आधारित बीमा सेवा विस्तार गर्ने योजना प्रस्तुत गरिएको छ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू प्रस्तुत गरिए र सभाबाट सर्वसम्मत पारित गरिएको छ।
त्यसका साथै, सञ्चालक समितिबाट अगाडि सारिएका सामान्य तथा विशेष प्रस्तावहरू पनि पूर्ण बहुमतले पारित भएका छन्।
कम्पनीको सेवा संरचना र दायरा
हाल यूनाइटेड अजोड इन्स्योरेन्सले
-
१ प्रधान कार्यालय,
-
६ प्रादेशिक कार्यालय,
-
३९ शाखा कार्यालय,
-
४३ उपशाखा कार्यालय,
-
१५ बीमा काउन्टर,
-
६ तेस्रो पक्ष बीमा काउन्टर,
मार्फत ३६५ बीमा सेवा प्रदान गर्दै आइरहेको छ।
भावी योजना: डिजिटल रुपान्तरणमा प्राथमिकता
कम्पनीले निकट भविष्यमा बीमा सेवालाई अझ प्रभावकारी र छरितो बनाउने उद्देश्यसहित सूचना प्रविधिमा आधारित सेवा प्रणालीलाई सुदृढ गर्दै इलेक्ट्रोनिक बीमा प्रमाणपत्र (e-policy) जारी गर्ने तयारी गरिरहेको छ।
यससँगै, ग्राहकले आफ्नो दावी छिटो प्राप्त गर्न सकून् भन्ने उद्देश्यले छिटो छरितो सेवा प्रवाह, फरफारक प्रक्रिया सुधार, बीमितको पहुँचमा आधारित प्रणाली निर्माणलाई पनि कम्पनीले प्राथमिकता दिने जनाएको छ।
यूनाइटेड अजोड इन्स्योरेन्सले कारोबारको दायरा बिस्तार, सेवाको गुणस्तर अभिवृद्धि, तथा व्यवसायिक दक्षता प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रविधिमा निरन्तर लगानी बढाउँदै आइरहेको छ।