सेयर बजारमा २.७८ अंकको गिरावट
काठमाडौं, १० भद्रौ । साताको पहिलो कारोबार दिन आईतबार सेयर बजार घटेको छ । बजार २.७८ अंकले घटेर ११७५.७२ बिन्दुमा पुगेको हो ।
सो दिन १४६ कम्पनीको २० करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह बाहेक अरु सबै समूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन समूह १४.१७ अंकले बढेको छ । बैंक १.०३, होटल ०.०४, विकास बैंक ११.५, निर्जीवन बीमा ४२.४८, जीबन बीमा १.८८ अंकले घटेको छ ।
त्यस्तै नाग्दी ग्रुप पावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने कर्णाली डेभलपमेण्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरेका छन् ।