बुद्यबार र देखि शुक्रबार सम्म सवारी संचालनमा जोर विजोर प्रणाली लागु
काठमाडौं, १० भद्रौ । बिमस्टेक शिखर सम्मेलनलाई लक्ष्ति गरि सरकारले आउँदो बुध, बिहि र शुक्रबार काठमाडौं उपत्यकामा जोर, विजोर नम्बरका आधारमा सवारी संचालन गर्ने भएको छ।
बुद्यबार र शुक्रबार बिजोर नम्बरका सवारी मात्र चलाउन पाइने भएको छ भने बिहिबार जोर नम्बरका सवारी मात्र चलाउन पाइने छ । उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली लागु हुने छ ।
नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ ।