Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बिमस्टेक सम्मेलन नजिकिएसँगै सहर सजाउने कामले भ्याइ नभ्याई

बिमस्टेक सम्मेलन नजिकिएसँगै सहर सजाउने कामले भ्याइ नभ्याई

काठमाडौं, १० भद्रौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनलाई लक्षित गरि काठमाडौंको सहरलाई सुन्दर बनाउने काम धमाधम भइरहेको छ। मुख्य सडकका खाल्डा खुल्डी पुर्ने देखि चोकचोकमा झन्डा र स्वागतद्वार बनाइएको छ ।

यही भदौ १४ र १५ गते काठमाडौंमा बिमष्टेकको चौथो शिखर सम्मेलन हुदै छ। सम्मेलनमा सहभागी हुन भारत, भुटान, श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारका राष्ट्राध्यक्ष तथा सरकारप्रमुख तथा अन्य मन्त्री र उच्चपदस्थ पदाधिकारीहरु काठमाडौं आउँदै छन् ।

सडकको दुरावस्थाका कारण उपत्यकाबासीले दिनहुँ सास्ती खेप्नु पर्दा समस्याको समाधान नखोज्ने सरकारले सम्मेलनमा आउने पाहुँनाको अगाडि लाज छोप्न धमाधम सडक बनाइरहेको छ । बिहान सबेरै देखि राती अवेर सम्म सडक सफा गर्ने, खाल्डाखुल्टी पुर्ने काम भइरहेको भन्दै सर्वसाधारणले सहर निर्माणको कामलाई देखावटी बनाउन नहुनेमा जोड दिएका छन् ।

कतिपय ठाउँमा सडकका दायाँबायाँ पेण्टिङ गर्ने र रुख बिरुवा कटान गरी सुन्दर बनाउने काम भएका छन् । त्यसका लागि अहिले दिनरात साँझ बिहान धमाधम कालोपत्रेको काम भइरहेको छ । केही समय अघि मात्र प्रधानमन्त्री स्वयंमले निर्देशन दिँदासमेत काठमाडौंका खाल्डा पुरिएको थिएन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x