Date

बुध, साउन ७, २०८२
Wed, July 23, 2025

अण्डाको मूल्यले तोड्यो पुरानो रेकर्ड, किसानलाई लागत बराबर आम्दानी, उपभोक्ता चर्को मूल्यमा हैरान

अण्डाको मूल्यले तोड्यो पुरानो रेकर्ड, किसानलाई लागत बराबर आम्दानी, उपभोक्ता चर्को मूल्यमा हैरान

काठमाडाैं, ६ साउन । देशभर अण्डाको उत्पादन घटेसँगै बजार मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अण्डाको मूल्यमा भएको तीव्र वृद्धिपछि किसानले लागत बराबरको आम्दानी गर्न थालेका छन् भने उपभोक्ता भने चर्को मूल्य तिर्न बाध्य भएका छन्।

संघले विभिन्न पोल्ट्री फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मान्दै किसानका लागि समर्थन मूल्य तोकेको हो। आजदेखि लागू हुने गरी, ठूलो अण्डाको समर्थन मूल्य प्रति क्रेट (९३० वटा) ५२५ रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट ४९५ रुपैयाँ निर्धारण गरिएको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार चितवनलाई आधार मानी तय गरिएका यी दरहरू अन्य जिल्लामा ढुवानी लागत अनुसार फरक हुन सक्नेछ। बिक्री मूल्यतर्फ, ठूलो अण्डाको प्रतिपेटी (७ क्रेट) ३,८५५ रुपैयाँ र मध्यम अण्डाको ३,६४५ रुपैयाँ निर्धारण गरिएको छ।

उनका अनुसार यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य अधिकतम ५१० रुपैयाँ प्रतिक्रेट पुगेको थियो, तर हालको मूल्य हालसम्मकै उच्च हो।

अण्डाको लागत मूल्य प्रति गोटा १६ रुपैयाँ ५६ पैसा रहेको जनाउँदै अध्यक्ष पोखरेलले भने, “अहिलेको मूल्यले किसानहरूले विगतको घाटा पूर्ति गर्दै लागत बराबर आम्दानी गर्न थालेका छन्।”

मुख्य कारणहरू
अण्डाको उत्पादनमा कमी आएको कारण कुखुराको संख्या घटेका कारण आपूर्तिमा समस्या आएको छ। साथै, उच्च लागतका कारण किसानको जोखिम बढ्दो छ। यद्यपि, उपभोक्ताको माग यथावत रहेकाले आपूर्ति र मागबीच असन्तुलन देखा परेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *