Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

टोखाबाट बरामद विदेशी मुद्रा प्रकरण: नारायण पौडेल धरौटीमा रिहा

टोखाबाट बरामद विदेशी मुद्रा प्रकरण: नारायण पौडेल धरौटीमा रिहा

काठमाडाैं, ९ साउन । टोखाबाट २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ परेका सिन्धुपाल्चोकका नारायण पौडेल ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौंले असार ३२ गते उनको उपस्थितिमा न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासमार्फत धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

गत चैत ४ गते टोखाबाट फल्सबटम बनाइएको ट्रकमार्फत १३ लाख ७५ हजार युरो र ३ लाख २० हजार अमेरिकी डलरसहित चालक कुशाङ लामा पक्राउ परेका थिए। राजश्व अनुसन्धान विभागले कुशाङलाई भरिया मात्र भएको भन्दै पौडेललाई विदेशी मुद्राका मालिकको रूपमा चिनिएको थियो।

पौडेल फरार रहँदै मुद्दा दायर भएपनि पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका हुन्। जबकि चालक कुशाङ भने अझै पुर्पक्षका लागि थुनामा छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *