Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

कालोसूचीमा परेका ६ निर्माण कम्पनीलाई सार्वजनिक खरिदमा प्रतिबन्ध

कालोसूचीमा परेका ६ निर्माण कम्पनीलाई सार्वजनिक खरिदमा प्रतिबन्ध

काठमाडाैं, ९ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा आधा दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। यी कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइएको हो।

तीन वर्षका लागि कालोसूचीमा राखिएको कम्पनीमा वीरगन्जस्थित जिबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालि रहेको छ।

एक वर्षका लागि कालोसूचीमा परेका अन्य पाँच कम्पनीहरूमा धनुषाको एस.डी कन्स्ट्रक्सन, काठमाडौंको शर्मा धुलिखेल जेभी, जाजरकोटको भेरी नदी निर्माण सेवा एन्ड प्रनव सप्लायर्स, काठमाडौंकै डल्लुस्थित आकाश कन्स्ट्रक्सन, र पाल्पाको विपीन कन्स्ट्रक्सन छन्।

कालोसूचीमा परेका यी कम्पनीहरूले प्रतिबन्धको अवधिभर कुनै पनि सरकारी खरिद प्रक्रियामा सहभागिता जनाउन पाउने छैनन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *