Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

इरानबाट छुटेका पाँच नेपाली स्वदेश फर्किए

इरानबाट छुटेका पाँच नेपाली स्वदेश फर्किए

काठमाडाैं, ९ साउन । इरानको जेलबाट हालै रिहा भएका पाँच नेपाली नागरिकलाई नेपाल सरकारले स्वदेश फर्काएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार इरानी अदालतको आदेशपछि उनीहरूलाई बिहीबार काठमाडौं ल्याइएको हो। उनीहरूको स्वदेश फिर्ती कार्य नेपाल सरकारको समन्वयमा, तेहरानस्थित नेपालका मानार्थ महावाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को सहयोगमा सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ।

तर, रिहा गरिएका ती पाँच जनाको पहिचान सार्वजनिक गरिएको छैन। यसअघि इरान–इजरायल द्वन्द्वको समय नेपालले तीन चरणमा गरी ९ जना नेपालीलाई उद्धार गरेर फर्काएको मन्त्रालयले स्मरण गराएको छ। सरकारले संकटग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *