Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

पार्टीले गरेका कतिपय निर्णय अपरिपक्व छन् : पूर्वराष्ट्रपति भण्डारी

पार्टीले गरेका कतिपय निर्णय अपरिपक्व छन् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेर पार्टीमा गरिएका अपरिपक्व निर्णयले दुःखी तुल्याएको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाजगरी राजनीतिमा संलग्नहुन पाउने स्वतन्त्रलाई नियन्त्रण गरिएको भन्दै यस्तो निर्णयले निराश बनाएको बताइन् ।

उनले भनिन्,‘पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाजगरी राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रलाई संकुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्क निर्णयले मलाई दुःखी तुल्याएको छ । यसप्रकारको निर्णयले पार्टीको सान र प्रतिष्ठालाई गिराउने छ ।’

आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थाइ रुपमा प्रभावित तुल्याउन सकिएतापनि वास्तविकतालाई छोप्न नसक्ने पनि उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *