Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन : पूर्वराष्ट्रपति भण्डारी

मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुन: पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताइन् । उनले कसैलाई लागेकै भरमा आफ्नो सदस्यता खान नसक्ने प्रतिक्रिया दिइन् ।

‘अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन,’ भण्डारीले भनेकी छिन् । उनले विधि अनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको स्पष्ट पारिन् ।

‘म नेकपा एमालेको पार्टी जीवनमा पुन: आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन,’ उनले भनिन्, ‘पार्टीकै जिम्मेवारी लिएर गएको हो । आइसकेपछि विधि अनुसार नै गरेको हुँ । म नेकपा एमालेको परिवारमा अहिले पनि आबद्ध छु भनेर भनेको हुँ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *