Date

शनि, साउन १०, २०८२
Sat, July 26, 2025

सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने

सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने

काठमाडौं, ९ साउन । राज्यव्यवस्थातथा सुशासन समितिद्वारा गठित सौर्य जहाज दुर्घटना छानबिन उपसमितिका संयोजक राजेन्द्र पाण्डेले सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पीडत परिवारद्वारा गठित म्याप मेमोरियल सोसाईटीले आयोजना गरेकोकार्यक्रममा पाण्डेले एरलाइन्सका मालिक दिपक पोखरेलप्रधानमन्त्रीकेपीओलीको संरक्षणमा रहेकोसमेत आरोपलगाए।

वागमती प्रदेशका पूर्व–मुख्यमन्त्रीसमेत रहेका पाण्डेलेगम्भीर लापरबाहीको कारण सौर्य एयर दुर्घटना भएको बताएका छन् । शक्तिको आडमा सौर्यका मालिक पोखरेलले चलाउनै नमिल्ने थोत्रो जहाज जबजस्त चलाएको आरोप लगाउँदै भने, ‘दिपक पोखरेलकेपीओलीका भित्रिया झापाली भएकाले सौर्य एयरलाई उन्मुक्ति दिन खोजिदै छ ।’
१८ जना नागरिकको ज्यान लिएको दुर्घटनामा संलग्नदोषीउपर कारबाहीको लागि आफू नेतृत्वको समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिने पनि जानकारी दिए ।
पाण्डेले अत्याधिकरुपमा लापरबाही तथा जहाज मालिकको व्यापारिक स्वार्थका कारण नेपालमा जहाज दर्घटना हुने गरेको ठोकुवा गरे ।

सौर्य दुर्घटनामा गम्भिर मानवीय त्रुटी भएको ठोकुवागर्दैपाण्डेले भने, ‘मर्मत गर्न भनिएको जहाजमा पाइलटसहति १९ जना किन बोकियो, सौर्यसँग असम्बन्धितचार वर्षको बालक र उर्जा मन्त्रालयमाकार्यरत प्रिजा खतिवडालाई कर्मचारी बनाउनु हदैसम्मको अवैधानिककार्य हो ।’

‘विमानभित्र अत्याधिक प्रज्वलनशील पदार्थ बोक्नु, हाल्न नहुने लोड हाल्नु, क्यानको अनुमति बिना ‘फेरी’ जहाज उडाउनु, ८ किलोमिटरसम्मको भिजिबिलिटी हुँदाहुँदै पनि दुर्घटना हुनुलाई सामान्यरुपमा लिन मिल्दैन’ पाण्डेले थपे ।

अधिवक्ता अर्जुन खड्काले पीडित परिवारको निरन्तर दबाबले ढिलै भएपनि रतिशचन्द्र लाल सुमनको नेतृत्वको आयोगले प्रतिवेदन सरकारलाई बुझाएकोमा सुखद विषय भएको बताए । खड्काले आयोगको निष्कर्षकै आधारमा पनि नेपालको कानुन अनुसार दोषीलाई कारबाही गर्न मिल्ने प्रावधान रहेको जानाए ।

जहाज दुर्घटनामा तीन सन्तती गुमाएका पत्रकार प्रकाश खतिवडाले दुर्घटनाका दोषीलाई कारबाही गर्न न्यायिक जाँच आयोग गठन गर्न माग गरेका छन् ।आयोगले घटना भएको ४३ दिनमा सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष र अन्तिम प्रतिवेदन निष्कर्ष तथ्यगत फरक परेकाले सो अवस्थामा गैरसैनिक हवाई उडान जाँच नियमावली २०७१ को नियम २३ बमोजिम न्यायीक जाँज आयोग गठन गर्नुपर्ने माग खतिवडाले गरेका हुन् ।

‘३४ दिनदेखि बिमानस्थलमा थन्किएको जहाज मर्मत नगरि किन उडाइयो ? काठमाडौँमा बिग्रेर थन्किएको जहाज पोखरामा मर्मत गर्न लानुको औचित्य के ? मर्मत गर्न लगिएको गैर व्यावसायीक ‘फेरी’ उडानमा नियम विपरित मर्मतसँग असम्बधीत यात्रु किन बोकियोे ?सरकारले विधि मिचेर किन जाँच अनुसन्धान आयोग गठन गर्यो ?’ खतिवडाले प्रश्न गरे ।
छानविन समितको सदस्य सचिव मुकेश डंगोलक्याप्टेन मनिष शाक्यको आफन्त रहेकोले पनि उनले चालकलाई प्रतिवेदनमा जोगाउन खोजेको पीडित खतिवडाले आरोप लगाएका छन् ।

सो कार्यक्रममा म्याप मेमेरियल सोसाईटीले सो दुर्घटनामा दिवंगत खतिवडाका छोरी प्रिजा खतिवडा, ज्वाँई मनुराज शर्मा र नाती अधिराज शर्माको नाममा १ लाख राशीको मनुराज,अधिराज,प्रिजा स्मृति पुरस्कार घोषणा गर्दै खतिवडाले प्राविधिक, निजामति कर्मचारी र पत्रकारिता विधामा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने जानकारी गराए ।

कार्यक्रममा शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष भूपराज खड्का, पीडित परिवारका सदस्यहरु सञ्जीव भण्डारी, सुसिल दाहाल, धिरज ढकाल, समिर खतिवडालगायतका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।सोसाईटीका संरक्षक उषा पोखरेलकोअध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार धनराज वास्तविकले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *