सुनचाँदीको भाउमा पुनः गिरावट

काठमाडाैं, ११ साउन । नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्यमा पुनः गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १,९४,७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतवार १,१०० रुपैयाँले घटेर प्रतितोला १,९३,६०० रुपैयाँमा झरेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला २,३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार ५० रुपैयाँले घटेर प्रतितोला २,२९० रुपैयाँमा कायम भएको छ।