Date

बुध, साउन २१, २०८२
Wed, August 6, 2025

नेपाल भित्रियो जिलीको ईएक्स ५ इभी, ‘नाडा अटो शो’मा प्रदर्शनमा राखिने

नेपाल भित्रियो जिलीको ईएक्स ५ इभी, ‘नाडा अटो शो’मा प्रदर्शनमा राखिने

काठमाडौँ, २० साउन । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजारमा नयाँ मोडलहरू भित्रिने क्रम तीव्र छ । जसले ग्राहकहरूलाई थप विकल्पहरू प्रदान गर्दैछ । यही क्रममा, चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स ५ सिरिज नेपाल भित्रिएको छ ।

एलआरआर मोटर्सले विशेष गरी नाडा अटो शो २०२५ लाई लक्षित गरी जिलीका दुई मोडलहरू सार्वजनिक गरेको हो । जसमा जिली ईएक्स प्रो र जिली ईएक्स म्याक्स रहेका छन्। यी मोडलहरू स्नो-ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक, र टुर्क्वोइज ग्रिन गरी पाँच आकर्षक रङहरूमा उपलब्ध छन्।

यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारिता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ ।

यस ब्याट्रीको आयु ३५०० चार्ज रिसाइकल (लगभग १० लाख किलोमिटर वा ५० वर्ष) रहेको दाबी गरिएको छ, जुन हालसम्म उपलब्ध ब्याट्रीहरूको क्षमताभन्दा धेरै हो। आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले ब्याट्रीमा आठ वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी प्रदान गरेको छ।

१६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटर जडान गरिएको यस गाडीले १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ६.९ सेकेन्डमा पूरा गर्न सक्छ।

कम्पनीका अनुसार, यसको माइलेज सीएलटीई परीक्षण अनुसार ५३० किलोमिटर र डब्लुएलटीपी मापन अनुसार ४३० किलोमिटर रहेको छ, जुन नेपालको भौगोलिक अवस्थाका लागि उपयुक्त मानिएको छ। सुरक्षाको दृष्टिकोणले यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल असिस्ट लगायतका उन्नत प्रविधिहरू समावेश छन्।

साथै, जिलीले आफ्नै विकसित फ्लाईमी अटो ओएस (स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेट को सुविधा दिन्छ। इन्टिग्रेटेड स्मार्ट युआई र एपमार्फत गाडीको गति नियन्त्रण गर्ने जस्ता स्मार्ट सुविधा पनि यी मोडलहरूमा उपलब्ध छन्।

नेपाली बजारका लागि ईम्याक्स५ प्रोको मूल्य ५८ लाख रुपैयाँ र ईम्याक्स५ म्याक्स को मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ। यद्यपि, नाडा अटो शोको समयमा ग्राहकहरूलाई विशेष छुटको सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *