नाइमा एक्स्पो अपफरै अपफर : २० लाख मूल्यको गाडीदेखि २० लाख छुटसम्म

काठमाडौं, २२ साउन । कुनै पनि एक्स्पो भन्ने वित्तिकै छुट कति छ भन्ने विषयले उपभोक्ताको ध्यान केन्द्रित गर्ने गर्छ । सवारी साधनका किन्ने सोच बनाएका र किन्ने तयारीमा रहेका ग्राहकका लागि बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको पहिलो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’ले ठुलो मात्रामा छुटको व्यवस्था गरेको छ, जहाँ ईभी गाडी किन्ने ग्राहकले २० लाखसम्म छुट पाउन सक्नेछन् ।
एक्स्पोमा ५० भन्दा बढी ब्राण्डको सहभागिता रहेको छ । ति ब्राण्डहरुले ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न बम्पर उपहारको व्यवस्था गरेका छन् । एक्स्पोमा ३५ नयाँ गाडीका मोडलहरु लन्च हुनेछन् । कतिपय ब्राण्डका बुधबार नै लन्च भए भने कतिपय अब हुने तयारीमा छन् ।
कुन गाडीमा कति छुट ?
एक्स्पोमा सहभागी भएका विभिन्न ब्राण्डहरुले झण्डै १० वटा मोडलमा भारी छुट दिएका छन् । ती यसप्रकार छन्-
निसान लिफ
क्स्पोमा सबैभन्दा धेरै छुट निसान लिफको रहेको छ । मोबिलिटी एक्स्पो २०२५ मा निसानले आफ्नो लोकप्रिय इलेक्ट्रीक एसयूभी ‘लिफ’ मा भारी छुटको घोषणा गरेको छ ।
‘निसान फेस्टिभ डिल’ नामक विशेष छुट अफरअन्तर्गत निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले स्टक क्लियरेन्सका लागि लिफमा एकैपटक २० लाख रुपैयाँ छुट दिएको हो । पहिले ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको लिफ अब ४४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिने भएको छ । निसानले दिएको यो छुटले एक्स्पोमा भएको अर्काे गाडी समेत किन्न सक्ने रकम हो ।
लिफमा ४० किलोवाट आवर क्षमताको ब्याट्री र ११० किलोवाटको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले फुल चार्जमा ३६३ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यो अफर भने एक्स्पो अवधिभर मात्र लागू हुनेछ ।
जिकर एक्स
१५ लाख छुटसहित ६९ लाख ९९ हजारमै जिकर एक्स किन्न सकिने भएको छ । इलेक्ट्रिक एसयूभी जीकर एक्सले फेरि एकपटक मूल्यमा ठूलो कटौती गर्दै ग्राहकलाई सपराइज दिएको छ । सुरुमा ८४ लाख ९९ हजार रुपैयाँमा बिक्री सुरु गरिएको यो एसयूभी अब १५ लाख छुटसहित ६९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध छ ।
अघिल्लो नाडा अटो एक्स्पोमा उक्त मोडलले १० लाख रुपैयाँ घटाएर ७४ लाख ९९ हजार बनाएको जीकरले एक्स्पोको अवसर पारेर थप ५ लाख छुट दिँदै मूल्यलाई झनै आकर्षक बनाएको हो ।
जीकर एक्स २ सय किलोवाटको शक्तिशाली इलेक्ट्रिक मोटर र रियर ह्वील ड्राइभ सिस्टमसहित आउने एसयूभी हो । जुन डब्लूएलटीपी प्रमाणित ४४० किलोमिटर रेन्ज दिन सक्षम छ । यसमा ६६ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । जसले ११ किलोवाटको एसी चार्जर र १५० किलोवाटसम्मको डिसी फास्ट चार्जिंग सपोर्ट गर्छ ।
नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५ को आकर्षक प्रस्तावहरूमध्ये लीपमोटर बी१० ले १० लाख रुपैयाँको भारी छुटसहित ग्राहकलाई झनै लोभ्याउने अफर ल्याएको छ । सांग्रिला मोटर्सले नेपालमा आधिकारिक रुपमा बिक्री गर्दै आएको बी१० अब ६० लाखको सट्टा ४९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुने भएको छ । क्रसओभर एसयूभी सेग्मेन्टमा यसले शक्ति, शैली र सुलभता सबै एकैसाथ प्रदान गर्ने विस्वास गरिएको छ ।
लीपमोटर बी१० मा १६० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । जसले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा कम्पनीले ५६.२ र ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री विकल्प दिएको छ, जसले यात्रामा आवश्यक शक्ति र स्थायित्व सुनिश्चित गर्छ ।
म्याक्सस मिफा७
म्याक्ससको लक्जरी इलेक्ट्रिक एमपीभी मिफा ७ पनि निकै आकर्षक अफरसहित एक्स्पोमा उपलब्ध छ । हिमालय मोट्रक्सले १ करोड २५ लाख रुपैयाँ मूल्य तोकेको मिफा ७ मा एक्स्पोको अवसर पारेर १० लाख रुपैयाँको नगद छुट दिएको हो । यस्तो अफरपछि अब ग्राहकले यो शानदार एमपीभीलाई १ करोड १५ लाख रुपैयाँमै आफ्नो बनाउन सक्नेछन् ।
मिफा ७ स्टाइल र स्पेसमा मात्र हाेइन, पर्फर्मेन्समा समेत उत्तिकै अब्बल छ । १८० किलोवाट क्षमताको मोटर र ९० किलोवाट आवरको ब्याट्रीसहित, यसले फुलचार्जमा ६३५ किलोमिटरसम्मको रेन्ज दिने डब्लूटीपी प्रमाणीकरण पाएको छ । यो रेन्जले लामो यात्रालाई झन्झटरहित बनाउनेछ ।
यसका अतिरिक्त म्याक्ससले आफ्नो अर्काे मोडल ई टेरन ९मा पनि अफर ल्याएको छ । केही समय अघि सार्वजनिक गरिएको यस गाडीमा कम्पनीले ५ लाख रुपैयाँको छुट दिएको छ । १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिए पनि, छुटसहित यो अझ प्रतिस्पर्धी बनेको छ ।
नेपालमा विद्युतीय गाडीप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा म्याक्ससले प्रस्तुत गरेका यी अफरहरूले बजारमा थप हलचल ल्याउने निश्चित देखिन्छ । मूल्यमा यस्तो भारी कटौतीले लक्जरी इभी खरिद गर्न चाहनेहरूका लागि यो समय सुनौलो अवसर बन्न सक्छ ।
लीपमोटर बी १०
नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५ को आकर्षक प्रस्तावहरूमध्ये लीपमोटर बी१० ले १० लाख रुपैयाँको भारी छुटसहित ग्राहकलाई झनै लोभ्याउने अफर ल्याएको छ । सांग्रिला मोटर्सले नेपालमा आधिकारिक रुपमा बिक्री गर्दै आएको बी१० अब ६० लाखको सट्टा ४९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुने भएको छ । क्रसओभर एसयूभी सेग्मेन्टमा यसले शक्ति, शैली र सुलभता सबै एकैसाथ प्रदान गर्ने विस्वास गरिएको छ ।
लीपमोटर बी१० मा १६० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । जसले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा कम्पनीले ५६.२ र ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री विकल्प दिएको छ, जसले यात्रामा आवश्यक शक्ति र स्थायित्व सुनिश्चित गर्छ ।
हुन्डाई
हुन्डाईले पनि एक्स्पोमा ग्राहकलाई चकित पार्ने अफर ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले प्रस्तुत गरेको अफरअनुसार हुन्डाईका सबै मोडलमा ८ लाख रुपैयाँसम्मको नगद छुट पाइनेछ । तर कुरा यत्तिमा मात्र सीमित छैन—प्रत्येक गाडी खरिदमा ग्राहकले १ वर्षको निःशुल्क बीमा र थप विशेष अफरहरू समेत प्राप्त गर्नेछन् ।
यस योजनाले ग्राहकलाई तीन वर्षसम्मको वारेन्टी सुविधा प्रदान गर्दै भरोसाको स्तरलाई अझ मजबुत बनाएको छ । अझ आकर्षक कुरा के भने—बम्पर पुरस्कारस्वरूप एक जोडीले भियतनामको रमणीय यात्राको मौका जित्नेछन्, त्यो पनि केवल गाडी किनेर ।
गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि दैनिक विशेष उपहारहरू पनि व्यवस्था रहेको छ । वर्तमानमा हुन्डाईले नेपाली बजारमा ग्राण्ड आइ १० नियोस, भेन्यु, क्रेटा इलेक्ट्रीक, क्रेटा आइसई र आयोनिक ५ जस्ता चर्चित मोडलहरू उपलब्ध गराएको छ ।
जेको जे–फाइभ
एक्स्पोमा प्रदर्शनीका आकर्षणमध्ये एक, जेको जे–फाइभ एसयूभी पनि हो । ४ लाख रुपैयाँको आकर्षक छुटको अफर ल्याएरको छ । ओमोडा–जेकोका आधिकारिक वितरक एपीजी अटोमोबाइलले बुकिङ खुला गर्दै विशेष अफर सार्वजनिक गरेको हो ।
सुरुवाती मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएको भए पनि अब यो गाडी ५६ लाख ९९ हजारमै उपलब्ध हुने भएको छ । यो अफर केवल सीमित अवधिका लागि मात्र हुने भएकाले इलेक्ट्रिक एसयूभी खोज्दै आएका ग्राहकका लागि यो उपयुक्त अवसर हुनसक्छ ।
१५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील मोटरले जे–फाइभलाई शक्ति प्रदान गर्छ भने ५८ किलोवाट आवरको एलएफपी ब्याट्रीले ४०० किलोमिटरसम्मको रेन्ज दिन सक्छ । १८५ एमएमको ग्राउण्ड क्लियरेन्ससहित, यो गाडी नेपाली भू–परिवेशका लागि समेत सुहाउँदो देखिन्छ ।
फोर्थिङ फ्राइडे
एक्स्पोमा फोर्थिङ फ्राइडे इलेक्ट्रिक एसयूभीले उपस्थितिको मात्र होइन, अफरको बहार ल्याएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इमोबिलिटीले फोर्थिङ फ्राइडेको लक्जरी भेरियन्टमा ६ लाख रुपैयाँको आकर्षक नगद छुटसहित नयाँ मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।
फोर्थिङ फ्राइडे केवल मूल्य कटौतीमै सीमित नरही, कम्पनीले ग्राहकलाई ७.३ किलोवाट क्षमताको चार्जर, ८ वर्षको ब्याट्री वारेन्टी र ६ वर्षको निःशुल्क गाडी वारेन्टी समेत उपहारस्वरूप दिने घोषणा गरेको छ ।
फोर्थिङ फ्राइडे एसयूभीमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले १७४ न्यूटन मिटर टर्क उत्पन्न गर्छ । ६४.४ किलोवाट आवरको ब्याट्रीसहित यो एसयूभीले ११ किलोवाटसम्मको एसी र ८० किलोवाटसम्मको डीसी चार्ज सपोर्ट गर्छ, जसले चार्जिङ समयलाई न्यून बनाउनेछ ।
एक्स्पोमा कम्पनीले प्रदान गरेका बम्पर अफरले ग्राहकको ध्यान केन्द्रित गराउने खालको छ । आफ्नो पहिलो ईभी रोज्ने तयारीमा रहेका उपभोक्ताका लागि यो मौका छुटाउन नहुने एक सुनौलो अवसर बन्नसक्छ ।