ओमोडा ई-फाइभको मूल्य ७ लाखले घट्यो, अब कति पर्छ ?

काठमाडौं, २२ साउन । ओमोडा एण्ड जेइको ब्राण्डको ओमोडा ई-फाइभको मूल्यमा गिरावट आएकाे छ ।
नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले ओमोडा ई-फाइभको मूल्य ७ लाख रुपैयाँले घटाएकाे हाे । अब नयाँ मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम भएर बिक्री सुरु हुनेछ ।
ओमोडा ई-फाइभ कुपे डिजाइन क्रसओभर एसयूभी हो । नेपालमा उपलब्ध फिचर प्याक ई-फाइभमा ६१ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध छ । यसले सिंगल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज नेपाली सडकमै पाइएको छ ।
ओमोडा ई-फाइभले ११ किलोवाटसम्मको एसी चार्जर र ८० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छ । यदि, गाडीमा ३० प्रतिशत चार्ज छ र ८० प्रतिशत गर्नु पर्छ भने केबल २८ मिनेट चार्ज गर्दा पुग्छ । ओमोडाले यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । निकै मोर्डन क्याबिन रहेको ई-फाइभको ड्यासबोर्डमा दुई वटा स्क्रीन जोडेर दिइएको छ, दुवै स्क्रीनको साइज १२.३ इन्च छ ।