Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

चीनमा खुल्यो विश्वको पहिलो रोबोट स्टोर

चीनमा खुल्यो विश्वको पहिलो रोबोट स्टोर

एजेन्सी, २२ साउन । चीनमा पहिलो पटक रोबोट स्टोर खुलेको छ । दक्षिण चीनको शेन्जेनमा विश्वको पहिलो रोबोट स्टोर खुलेको हो ।

शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनीले हालै शेन्जेनमा रोबोट सुपर स्टोर खोलेको हो ।

स्टोरभित्र रोबोटिक मसाज उपकरणहरूदेखि रोबोटिक क्यापुचिनो कफी निर्माताहरूसम्मका सबै प्रकारका रोबोटहरू उपलब्ध छन्।

स्टोर अटो डिलरशिपहरू जस्तै  देखिन्छ । जसमा बिक्रीमा राखिएका स्पेयर पाट्र्स, सेवा र सर्वेक्षण समावेश छन् । साथै अतिरिक्त सेवाहरूपनि राखिएको छ ।

स्टोर उद्घाटनको दिन २६ रोबोट कम्पनीहरूले स्टोरसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । जसमा ५० ह्युमनोइड र सेवा रोबोट फर्महरू सहित दर्जनौं अन्यले चासो व्यक्त गरेका छन् । (सीसीटीभीप्लस)

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *