Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नबिल बैंकको भिसा कार्ड नगद फिर्ता योजना

नबिल बैंकको भिसा कार्ड नगद फिर्ता योजना

काठ्माण्डौ, १७ भदौ । नबिल बैंकले आफ्ना भिसाकार्ड प्रयोगकर्ता ग्राहकका लागीे संचालनमा “नबिल भिसा कार्ड नगद फिर्ता योजना” संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पिओएस मार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारोवार रकमको १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँ फिर्ता पाउनेछन ।

साथै यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका ई कर्मस् मार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारोवार रकमको २० प्रतिशत वा अधिकतम ६ सय रुपैयाँ सम्म फिर्ता पाउनेछन ।
“यस योजनाले हाम्रा कार्डवाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहांहरुलाई पिओएस तथा ई कर्मस्को लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोवारलाई सजिलो सँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ ।

साथै यस अभियानले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्ड मार्फत नियमित कारोवार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्नेमा विश्वास बैंकले लिएको छ । यो योजना यही भाद्र १६ गते देखि ३० गते सम्मलाई लागु गराएको बैंकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x