बीमा प्राधिकरणको अध्यक्ष सिफारिस गर्न समिति गठन, को-को छन् सदस्य ?

काठमाडौं, १३ भदौ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
सरकारले बनाएको सो समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र सदस्यमा डा. खोमराज खरेल रहेका छन् । यहि भदौ २ गते बसेको मन्त्रीपरिषद् बैठकले तत्कालिन अध्यक्ष ओझालाई निलम्बन गर्दै पदमुक्त गरेको थियो ।
६ महिना अघि प्राधिकरणका अध्यक्षमा नियुक्त भएका ओझाले योग्यताको प्रमाणपत्र नक्कली देखाएको आरोप लागेको थियो । योग्यता र अनुभवको झुटो दाबीसहितको प्रमाण पेश गरेर अध्यक्ष बनेका ओझालाई मन्त्रीपरिषद्ले पदमुक्त गरेको हो ।