Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु

महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु

काठमाण्डौं १८ भदौ । महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । आईतबार सम्मेलनकोे उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको घटना दिनप्रतिदिन बढदै गएको चिन्ता व्यक्त गर्नुभयो । विश्वभरका महिलामा विभेद कायम नै रहेको भन्दै यसको अन्त्यका लागि सबै मिलेर हातेमालो गर्नुपर्ने बताउनुभयो । नेपालको हकमा राज्यको उच्च तहमा समेत महिलाहरुले नेतृत्व गरिसकेको भन्दै महिला सशक्तिकरणका लागि भने साझा पहलको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले महिला सशक्तिकरणका लागि नेपालले जनाएको प्रतिबद्धता कार्यान्वयनको पाटोमा रहेको भन्दै महिलाहरु राजनीतिक, आर्थिक र सामाजिक रुपमा सक्षम भए मात्र देशको विकास हुने बताउनुभयो । महिलालाई आर्थिक रुपमा पनि स्वतन्त्रता दिने अवस्था सृजना गर्दै उनीहरुलाई लगानीमा उत्साहित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बुधबारसम्म चल्ने सम्मेलनले महिला सशक्तिकरण र सवलीकरणका लागि ठोस योजना बनाउनेछ । साउथ एसिया ओमेन डेभलमेन्टको आयोजनामा सुरु भएको सम्मेलनमा साउथ एसिया, युरोप र अरेबियन गरी २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x