लक्ष्मी इलेक्ट्रोटेकद्वारा व्हर्लपुल पार्टनर्स मिट सम्पन्न

काठमाडाैं, १६ भदाै । लक्ष्मी समूहअन्तर्गतको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रालिले काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा वार्षिक व्हर्लपुल पार्टनर्स मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरूको सहभागिता रह्यो।
कार्यक्रमको सहसंयोजन लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र व्हर्लपुल लिमिटेड (भारत) का निर्देशक की अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसाय हिमांशु जैनले गरेका थिए। कार्यक्रममा व्हर्लपुलले आफ्नो नयाँ श्रृंखलाका सिंगल डोर र डबल डोर फ्रिज तथा वाशिङ मेशिन प्रस्तुत गरेको थियो।
अध्यक्ष श्रेष्ठले व्यापार साझेदारहरूको योगदानको प्रशंसा गर्दै भने, “हाम्रा डिलर नेटवर्क हाम्रो वृद्धिको मेरुदण्ड हुन्। व्हर्लपुलको नवप्रवर्तनशील प्रविधि र बलियो वितरण प्रणालीमार्फत हामी नेपाली घरपरिवारमा विश्वस्तरीय उपकरण पुर्याउन प्रतिबद्ध छौं।”
त्यस्तै, हिमांशु जैनले नेपालबारेको आफ्नो दृष्टिकोण साझा गर्दै भने, “हामी लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत नेपाली परिवारका लागि विश्वव्यापी नवप्रवर्तन ल्याउन उत्साहित छौं।”
लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्डहरूको प्रमुख वितरक हो भने, व्हर्लपुल अफ इन्डिया लिमिटेड विश्व होम एप्लायन्स उद्योगमा अग्रणी कम्पनीको रूपमा स्थापित छ।
कार्यक्रमको अन्त्यमा पुरस्कार वितरण, नेटवर्किङ डिनर र व्यवसायिक सहयोगलाई थप मजबुत बनाउने गतिविधि सम्पन्न गरियो। यस अवसरले नेपालभरका ग्राहकलाई अझ उत्कृष्ट मूल्य र सेवा उपलब्ध गराउने नयाँ प्रतिबद्धता प्रकट भएको आयोजकले जनाएका छन्।