Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

डिजेल–मट्टितेल सस्तो, पेट्रोल–ग्यास यथावत्

डिजेल–मट्टितेल सस्तो, पेट्रोल–ग्यास यथावत्

काठमाडाैं, १६ भदाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। आइतबार राति गरिएको निर्णयअनुसार सोमबार बिहान १ बजेदेखि नयाँ मूल्य लागू भएको हो।

निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले सस्तो भएको छ। त्यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको छ।

तर, पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्य भने परिवर्तन गरिएको छैन। नयाँ मूल्य अनुसार डिजेल–मट्टितेलको खुद्रा मूल्य पहिलो वर्गमा प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४४ रुपैयाँ र तेस्रो वर्गमा १४५ रुपैयाँ कायम भएको छ।

त्यस्तै, हवाइ इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १२७ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि हवाइ इन्धन काठमाडौंबाट प्रतिलिटर ९६६ अमेरिकी डलर, पोखराबाट ७७२ डलर र भैरहवाबाट ७५९ डलर कायम गरिएको निगमले जनाएको छ।

पेट्रोल र ग्यासको मूल्य स्थिर रहँदा डिजेल–मट्टितेल र हवाइ इन्धनमा गरिएको यो समायोजनले यातायात र विमान सेवामा केही राहत दिने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *