Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

बीमा प्राधिकरण अध्यक्षका लागि १३ आकांक्षी

बीमा प्राधिकरण अध्यक्षका लागि १३ आकांक्षी

काठमाडाैं, २२ भदाै । नेपाल बीमा प्राधिकरणकाे अध्यक्ष पदका लागि १३ जनाले दाबी गरेका छन् । सरकारले गत भदौ १३ गते प्राधिकरण अध्यक्ष पदकाे लागि दरखास्त आह्वान गरेको थियो । उक्त म्याद शुक्रबार सम्पन्न हुँदा १३ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, महेश्वर न्यौपाने, प्रा. डा. दिपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे र पारस काफ्ले रहेका छन् ।

आवेदकमध्ये दामोदर बसौला स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् भने चिन्तामणी शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् । त्यस्तै, देवकुमार ढकाल र डा. राजेन्द्र पण्डित राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रहेका छन् ।

अब छनोट प्रक्रिया अघि बढ्दै जानेछ र सरकारले योग्य उम्मेदवारलाई अध्यक्षमा नियुक्त गर्ने अपेक्षा गरिएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *