Date

शुक्र, भदौ २०, २०८२
Fri, September 5, 2025

युएनआईपी ग्लोरी अवार्ड २०२५ सम्पन्न, १२ देशका व्यक्तित्व र २ संस्थालाई अन्तर्राष्ट्रिय सम्मान

युएनआईपी ग्लोरी अवार्ड २०२५ सम्पन्न, १२ देशका व्यक्तित्व र २ संस्थालाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडाैं, २० भदाै । युएनआईपी युनाइटेड नेचर इन्टरनेशनल पिस (UNIP) र ग्लोरी मिडिया नेपाल संयुक्त रूपमा आयोजना गरेको युएनआईपी ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट सेप्टेम्बर १ मा बैंककको प्रिन्सटन होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

यस कार्यक्रममा १२ देशका १२ जना व्यक्तित्व र २ वटा संस्था अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भए। प्रमुख पुरस्कार विजेतामा व्यवसायिक प्रशासनतर्फ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी ब्रजेश कुमार झा, पर्यटनतर्फ नेपालका वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, सामाजिक सेवातर्फ म्यान्मारका एनआरएनए ग्लोबल लिडर कुमार कार्की, हस्पिटालिटीतर्फ कम्बोडियाका लाल सिंह खड्का, व्यवसायतर्फ थाइल्याण्डकी व्यवसायी वासना राई, र संस्थागत पुरस्कारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र युएनआईपी थाइल्याण्ड च्याप्टर सम्मानित भए।

अन्य विधा अन्तर्राष्ट्रिय पुरस्कार विजेतामा शान्ति, वकालत, अन्तर्राष्ट्रिय सम्बन्ध, महिला सशक्तीकरण, वातावरण, स्वास्थ्य, खेलकुद व्यवस्थापन र साहित्यजस्ता क्षेत्रका प्रतिनिधिहरू रहेका छन्। नेपाल विधा अन्तर्गत अनुसन्धान, साहित्य, महिला उद्यमशीलता, सामाजिक सेवा, व्यवसायिक नेतृत्व, पत्रकारिता, कृषिमा आधारित उद्योग, राजनीति तथा स्थानीय शासन र आयात-निर्यातका क्षेत्रमा समेत व्यक्तित्वहरू सम्मानित भए।

कार्यक्रममा १६ जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय शान्तिदूत घोषणा गरिएको थियो। यसमा भिक्षु डा. राजु लामा पी.कोंन्दन, सरोज ओझा, रवि राज शाही, दिपिका रायमाझी, दिपक चन्द्र गौतम लगायतका सामाजिक अगुवा शामिल थिए।

समारोहमा वक्ताहरूले शान्ति, एकता र सहकार्यमा जोड दिएका थिए। साल्ट ट्रेडिङका ब्रजेश कुमार झा, कुमार कार्की, भावना राई, रामप्रसाद सापकोटा, विवेक पौडेल र दावा गुम्बो तामाङले विश्व शान्तिका लागि एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कला, संस्कृति र मिडियाको सीमाना नाघ्ने शक्ति उल्लेख गर्दै विश्व शान्ति र समृद्धिका लागि यसको महत्व बताएकी थिइन्। युएनआईपी बंगलादेशका अध्यक्ष राजु शाहले पुरस्कार शान्ति, एकता र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक भएको बताए।

समारोहमा शास्त्रीय नृत्य प्रस्तुति र भगवान बुद्धसम्बन्धी वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा सामाजिक, शान्तिवादी, मानवअधिकार, कूटनीति, व्यवसाय, साहित्य र सामाजिक क्षेत्रका करिब १०० जना प्रतिनिधि उपस्थित थिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *