सुन नयाँ उच्च मूल्यमा, चाँदी पनि बढ्यो

काठमाडाैं, २२ भदाै । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १,६०० रुपैयाँले बढेर २ लाख १२ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि गत शुक्रबार मात्रै सुन प्रतितोला २,५०० रुपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको थियो । लगातारको वृद्धिसँगै सुनको मूल्य दुई दिनमै ४ हजार १ सय रुपैयाँले उक्लिएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार १३५ रुपैयाँ रहेको चाँदी आइतबार ८ रुपैयाँले बढेर २ हजार १४३ रुपैयाँमा पुगेको छ ।