Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

सर्वोच्चको सबै सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चको सबै सुनुवाइ अनिश्चितकालका लागि स्थगित

काठमाडाैं, २५ भदाै । सर्वोच्च अदालतमा आजदेखि भोलि लगायत सबै मुद्दाको सुनुवाइ अर्को सूचना नआएसम्मका लागि रोकिएको छ।

मंगलबार जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि सर्वोच्च अदालत पूर्णरूपमा ध्वस्त बनेको हो। आगलागीका कारण अदालतका महत्वपूर्ण मिसिल, सर्भर र इजलास जलेर नष्ट भएका छन्।

यस घटनापछि आज तोकिएका सबै मुद्दा मात्र होइन, भोलिदेखि हुने सुनुवाइ पनि अनिश्चितकालका लागि स्थगित गरिएको सर्वोच्चले जनाएको छ। अदालतले आवश्यक प्राविधिक र कानुनी प्रक्रिया मिलाएपछि मात्र पुनः सुनुवाइ सुचारु गर्ने तयारी गर्ने बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *