Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

राष्ट्रिय युवा सङ्घद्वारा आन्दोलनमा भएको हिंसाको भर्त्सना

राष्ट्रिय युवा सङ्घद्वारा आन्दोलनमा भएको हिंसाको भर्त्सना

काठमाडाैं, २६ भदाै । राष्ट्रिय युवा सङ्घ, नेपालले हालैका आन्दोलनका क्रममा भएको सरकारी र सार्वजनिक सम्पत्तिमा हिंसा, आगजनी र तोडफोडप्रति दुःख व्यक्त गरेको छ।

सङ्घले जारी गरेको अपिलमा भनिएको छ, “युवाहरूको आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचारमुक्त र सुशासित मुलुक बनाउनु हो, तर शान्तिपूर्ण आन्दोलनको आडमा हिंसा भड्किनु र सरकारी हस्तक्षेप हुनु दुःखद छ।”

प्रधानमन्त्रीको निवास, संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय विमानस्थल जस्ता महत्त्वपूर्ण सरकारी संरचनामा भएको आगजनी, तोडफोड र लुटपाटको घोर निन्दा र भर्त्सना गरिएको छ।

सङ्घले दोषीहरूलाई कानुनी रूपमा कठोर कारबाही गर्न र सरकारी सम्पत्तिमा भएको क्षतिको गम्भीर छानबिन गर्न सरकारसँग माग गरेको छ।

यसै क्रममा राष्ट्रिय युवा सङ्घले सबैलाई सद्भाव, सजगता र राष्ट्र रक्षामा सहकार्य गर्न आह्वान गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *