Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

भाटभटेनीको पुनरागमन घोषणा: “ध्वस्त भए पनि हार मानेनौं”

भाटभटेनीको पुनरागमन घोषणा: “ध्वस्त भए पनि हार मानेनौं”

काठमाडाैं, २७ भदाै । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मुख्य निशानामा परेका भाटभटेनी सुपरमार्केटले पुनः सञ्चालनमा फर्किने प्रतिबद्धता व्यक्त गरेको छ। आन्दोलनको हिंसात्मक घटनामा देशभरका विभिन्न शाखामा आगजनी, तोडफोड र लुटपाट हुँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको भाटभटेनीले सकारात्मक ऊर्जा सहित पुनर्निर्माणको बाटो समातेको जनाएको छ।

सुपरमार्केटले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भनिएको छ, “दु:खद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन्। आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ बलियो महसुस गरिरहेका छौं। हजारौं सहयोगी हातहरूले हामीलाई सफा गर्न, आँसु पुछ्न र फेरि उठ्न मद्दत गरिरहेका छन्।”

भाटभटेनीले पुनर्निर्माणको काम क्रमिक रूपमा अघि बढिरहेको बताउँदै ग्राहकको विश्वास र साथका कारण भविष्य अझ उज्यालो बनाउने दृढता प्रकट गरेको छ। “भाटभटेनी फेरि उभिनेछ, तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं,” सन्देशमा उल्लेख छ।

जेनजी आन्दोलनले ठुलो क्षति पु‍र्‍याए पनि आशा नहराएको भाटभटेनीले छिट्टै सम्पूर्ण शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *