Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

भट्टराई: जेनजी आन्दोलन शान्तिपूर्ण दिशातर्फ, अन्तरिम सरकार आवश्यक

भट्टराई: जेनजी आन्दोलन शान्तिपूर्ण दिशातर्फ, अन्तरिम सरकार आवश्यक

काठमाडाैं, २६ भदाै । पूर्व प्रधानमन्त्री र नेसपा नयाँ शक्ति अध्यक्ष डा. बाबुराम भट्टराईले जेनजी आन्दोलन शान्तिपूर्ण अवतरणतर्फ उन्मुख हुनु खुशीको कुरा भएको बताएका छन्।

उनले केही स्वघोषित बुझक्कड र दुराशयप्रेरित तत्वहरूले भन्न खोजे झैँ देश संविधानविहीन वा राज्यविहीन शून्यताको अवस्थामा छैन भन्ने स्पष्ट पारे। भट्टराईका अनुसार, सरकार राजीनामा गरे पनि संविधान, संसद, राष्ट्रपति–उपराष्ट्रपति र राज्यका स्थायी अङ्गहरू यथावत् कायम छन्, जसमा टेकेर नै जेनजीले अघि बढ्न सक्नेछन्।

उनले थपे, अहिले तत्कालको सबभन्दा जरुरी कार्य भनेको आन्दोलनका माग सम्बोधन र नयाँ आमचुनावको तयारीका लागि आन्दोलनकारीको सहभागितामा अन्तरिम सरकार गठन गर्नु हो। यस प्रक्रिया विद्यमान संविधानमा आधारित हुनुपर्ने उनको भनाइ छ।

भट्टराईले चेतावनी दिंदै भने–’अन्यथा ठूलो अनिष्ट हुनसक्छ।’

https://www.facebook.com/share/19SCqcEkWY/

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *